उत्तर कोरियाली नेता किम चीनमा ?

0
2922
North Korean leader Kim Jong Un meets members of the special delegation of South Korea's President in this photo released by North Korea's Korean Central News Agency (KCNA) on March 6, 2018. KCNA/via Reuters ATTENTION EDITORS - THIS PICTURE WAS PROVIDED BY A THIRD PARTY. REUTERS IS UNABLE TO INDEPENDENTLY VERIFY THE AUTHENTICITY, CONTENT, LOCATION OR DATE OF THIS IMAGE. NO THIRD PARTY SALES. SOUTH KOREA OUT.

बेइजिङ– उत्तर कोरियाका सर्वाेच्च नेता किम जोंग उन अप्रत्यासित रुपमा चीनको राजधानी बेइजिङ आइपुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकाको ब्लूमबर्ग न्यूजले विभिन्न सुत्रलाई उद्धृत गर्दै किम उत्तर कोरियाली कुटनीतिक रेलबाट सोमबार अपराह्न बेइजिङ आइपुगेको उल्लेख गरेको छ। यद्यपी चीन र उत्तर कोरियाले किम रेल चढेर भ्रमणमा निस्किएको विषयमा आधिकारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैनन्।

उत्तरको छिमेकी देश दक्षिण कोरियाले भने किम बेइजिङ गएको विषयमा अहिलेसम्म थाहा हुन नसकेको र सावधानीपूर्वक अवस्थालाई नियालिरहेको जनाएको छ।

चीन उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार देश हो। अणविक हतियार परीक्षणका कारण अमेरिकादेखि राष्ट्रसंघसम्मले प्रतिबन्ध लगाउँदा उत्तर कोरियालाई चीनको आर्थिक तथा व्यापारिक सहयोग रह्यो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७ वर्ष पहिले २०११ मा सत्ता सम्हालेका किम यो पहिलो विदेश भ्रमण हो।

जापानको निप्पोन न्यूज नेटवर्कले किम सवार भनिएको पहेलो रेखा भएको हरियो रंगको रेलको डब्बाको भिडियो फुटेज सार्वजनिक गरेको छ। निप्पोनका अनुसार किमका पिता एवं उत्तर कोरियाका तत्कालिन नेता किम जोंग इल २०११ मा जुन रेलबाट बेइजिङ आएका थिए, यो रेल पनि त्यस्तै देखिएको छ।

२०११ मा किम जोंग इलको चीन भ्रमणको आधिकारिक पुष्टि उनी स्वदेश फर्किएपछि भएको थियो।

दक्षिण कोरियामा फेब्रअरी महिनामा सम्पन्न विन्टर ओलम्पिकपछि दक्षिण कोरिया र उत्तर कोरियाबीच सम्बन्धमा सुधार आएको छ। लगातारको आणविक हतियार परीक्षणले चिढिएको अमेरिकासमेत दक्षिणको पहलमा उत्तर कोरियासँग वार्ता गर्न तयार भएको छ। यही क्रममा दक्षिण कोरिया र अमेरिकाका राष्ट्रपतिसँग किम जोंग उनले भेट्ने तय भएका बेला यसको पूर्वसन्ध्यामा उनी बेइजिङ पुग्नुलाई महत्वका साथ हेरिएको छ।

किमले ट्रम्पसँग मे महिना र दक्षिण कोरियाली समकक्षीसँग मुन जाइ इनसँग अर्काे महिना भेट गर्ने तय भएको छ।

रेल्वे स्टेशनमा असामान्य दृश्य

समाचार संस्था एएफपीका अनुसार सोमबार साँझ बेइजिङको रेल्वे स्टेशनमा असामान्य दृश्य देखिएको स्थानीय एक पसलका म्यानेजरले बताएका छन्। बाहिर सडकमा र स्टेशन परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी उपस्थित थिए र स्टेशनलाई भित्रबाट बन्द गरिएको थियो, प्रत्यक्षदर्शी ती व्यापारीले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here