उद्योग, वाणिज्य र आपूर्तिको बजेट घट्यो

0
67

काठमाडौँ — सरकारले उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयका लागि करिब साढे १० अर्ब रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको २०७५/७६ को बजेटमा अागामी वर्षका लागि १० अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेका उल्लेख छ।

अघिल्लो आर्थिक वर्षमा तीन मन्त्रालयका लागि १० अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरिएको थियो।‘उद्योग, वाणिज्य एवं आपूर्ति क्षेत्रमा सं‍चालित सबै कार्यक्रमका लागि १० अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छु,’ उनले भने।

बजेटमा लघु तथा घरेलु उद्योग, हस्तकला प्रवर्द्धन,चीनसँगको सहकार्यमा खानी प्रशोधन केन्द्र, प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम स्थापना गर्ने बताए।
उत्पादनमूलक उद्योगलाई करमा सहुलियत दिने, मुल्यवृद्धि अन्त्य गर्न सहकारी पसल सन्चालन गर्ने जनाएको छ। बन्द भएको नेश्नल ट्रेडिङको सम्पति खाद्य सस्थानमा गाभेर नेश्नल कम्पनी बनाइने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here