नेपथ्यको नयाँ भिडियो

0
40

काठमाडौँ — नेपथ्यको दसौं एल्बममा समावेश ‘कुरूप अनुहार…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरुभक्तको शब्द र विक्रम गुरुङको संगीतमा नेपथ्यले प्रस्तुत गरेको उक्त गीतले एक्लो र परित्यक्त महसुस गर्ने तन्नेरी भाव अटाएको सरुभक्त बताउँछन् ।

नेपथ्यले स्थापनाको रजत जयन्ती मनाउने क्रममा वर्षभरि ‘कुरूप अनुहार…’ लाई कन्सर्टकै पहिलो गीतका रूपमा प्रस्तुत गर्दै आएको छ । नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यो गीत गाउँदै गर्दा मञ्चमा म जति आनन्दित महसुस गर्छु, त्यस्तै आनन्द अब यसका श्रोता र दर्शकहरूलाई पनि मिलोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here