वर्ल्डकप गीत

0
79

फुटबल विश्वकप आयोजक फिफाले यसपालि तीनवटा गीत थिम सङ (एन्थम)का रुपमा छानेको छ । ‘लिभ इट अप…’, ‘कलर्स…’ र ‘पोजेटिभो…’ बोलका गीतमार्फत खेलाडीको मनोबल उकास्नुका साथै विश्वकपको रौनक बढाउन खोजिएको छ ।
द कप अफ लाइफ…
सन् १९९८ मा फ्रान्समा आयोजित फिफा वल्र्डकप समारोहमा रिकी मार्टिनले यो गीत गाएका थिए । त्यसको वर्ष दिनपछि ग्रामी अवार्डमा पनि सुनाए जुन ऐतिहासिक बन्न पुग्यो । त्यो बेला विश्वभर लोकप्रिय बनेको गीतले ल्याटिन विधा माथि उकास्न खुब सघायो । यसको ‘आले, आले आले…’ कोरस श्रोताको मुखमुखमा झुन्डिन सफल भएको थियो । यसमा डेस्मन्ड चायल्ड र रवि रोजाका शब्द छन् ।

वेभिङ फ्ल्याग…
सोमाली नागरिकको स्वतन्त्रताका लागि गाइएको यो गीत पछि विश्वकप फुटबलको एन्थम सङ बनाइयो । यसका लागि सोमाली मूलका क्यानडियन गायक केनानले नयाँ भर्सन तयार पारेका थिए । यसमा रेगी र पश्चिमा बिटको फयुजन गराइएको छ । सन् २०१० मा हाइटीमा महाभूकम्प गएका बेला त्यहाँका स्थानीय कलाकारले यही गीत गाएर राहत र चन्दा संकलन गरेका थिए ।
वि आर द च्याम्पियन्स…
विश्वकपकै लागि भनेर तयार पारिएको यो गीत बेलायती रक ब्यान्ड ‘क्विन’ ले प्रस्तुत गरेको थियो । ब्यान्डकै लिड भोकलिस्ट फ्रेडी मर्करीले शब्द रचेका थिए । फुटबल मात्र नभएर एकताका जुनसुकै खेल समारोहमा यो गीत घन्काउने गरिन्थ्यो । रक विधाको गीतलाई क्विनका क्लासिक सङमध्ये एक मानिन्छ । सन् १९९४ मा बनेको गीत सन् २००९ मा ग्रामी हल अफ फेममा समावेश गरिएको थियो ।

डेयर (ला ला ला…)
‘हिप्स डन्ट लाई…’ र ‘वाका वाका…’ पछि साकिराको ‘ला ला ला…’ विश्वकपको थिम सङ बन्न पुग्यो । ‘वाका वाका…’ बाहेकका गीत उनले आफ्नो व्यक्तिगत एल्बमका लागि तयार पारेकी थिइन् । डान्स–पप विधाको ‘ला ला ला…’ लाई ड्रमको ढङढङमार्फत् ऊर्जाशील बनाउन खोजिएको छ । भिडियोमा साकिराका ब्वाइफ्रेन्डसमेत रहेका स्पेनी खेलाडी जेरार्ड पिकेदेखि लियोनल मेसी, नेयमार, जेम्स रोड्रिगेजजस्ता फुटबलर देखिन्छन् ।

एल रक डेल मुन्डियल…
सन् १९३० बाट सुरु भएको फिफा विश्वकपको ३२ वर्ष बितेपछि मात्र यस्ता एन्थम सङ प्रचलनमा आएका हुन् । सन् १९६२ मा चिलीको ब्यान्ड ‘लस राम्ब्लर्स’ ले गाएको यो गीत नै विश्वकपको पहिलो थिम सङ हो । रक एन्ड रोल शैलीको गीतलाई सन् २०१४ मा बिलबोर्डले ‘बेस्ट सकर सङ्स’ को सूचीमा राखेपछि ब्यान्डले एकपटक फेरी म्युजिकल टुर सुरु गरेको थियो । तीन महिनाअघि मात्र ब्यान्डका दुई सदस्यको कार दुर्घटनामा मृत्यु भएको थियो ।

स्रोत : बिलबोर्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here