आँचलको भिडियोमा रोमान्स

0
36
नायिका आँचल शर्मा चलचित्र भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त छिन् । हालै मात्र शिव परियारको आवाजमा रहेको गीत ‘मंगली’को भिडियो सार्वजनिक भएको छ । विकास सुवेदी निर्देशित भिडियोमा आँचल शर्मा र सुशान्त खत्री फिचर्ड छन् । सुशान्त यसकारण पनि चर्चामा छन् जसले भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस २’मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए ।
गीतमा शंकर थापा ‘स्माईल’को संगीत तथा प्रह्लाद शाहका शब्द छन् । पछिल्लो समयमा थुप्रै चर्चित गीतहरु बजारमा ल्याईरहेको डश म्यूजिकले व्यबस्थापन गरेको गीतका प्रस्तोता गीतकार प्रह्लाद शाह हुन् । गीतका संगीत संयोजक उदयराज पौडेल हुन् । भिडियोमा छायांकन अनिल के. मानन्धरको रहेको छ भने सम्पादन सुप्रिम पराजुली हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here