बन्ला त तमोर जलाशययुक्त आयोजना

0
33

तमोर जलाशययुक्त आयोजना निर्माण हुने चर्चा पाँचथर, तेह्रथुम र ताप्लेजुङमा चलेको एक दशक हुन लाग्यो।

नेपाल विद्युत् प्राधिकरणले विस्तृत अध्ययनका लागि परामर्शदाता छान्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा यो आयोजनाले प्राथमिकता पाउने चर्चासँगै निर्माण क्षेत्र आसपास महŒवका साथ लिन थालिएको छ ।

चीन सरकारसँग आयोजना निर्माणको सम्झौता हुन सक्ने अनुमान गरिरहेका बेला यहाँका स्थानीयमा चासो बढेको हो ।सात सय ६२ मेगावाट क्षमताको आयोजना निर्माण गर्न भौगोलिक, प्राविधिक तथा आर्थिक रुपमा बढी आकर्षक देखिएकाले यसलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन पूर्वी पहाडी क्षेत्रका बासिन्दाले माग गर्दै आएका छन् । यसको निर्माणको जिम्मा चीनलाई दिने भन्ने चर्चा चल्न थालेको पाइन्छ ।

चीन भ्रमणमा के हुन्छ भन्ने कुरा भ्रमणपछि मात्र थाहा हुने प्रतिनिधिसभामा यहाँबाट प्रतिनिधित्व गर्ने सांसद वसन्तकुमार नेम्वाङले बताए । सरकार आफैंले पनि यो आयोजना बनाउन सक्ने नेम्बाङ बताउँछन् । ‘सरकारको नीति कार्यक्रममा यो आयोजना प्राथमिकतामा परेको छ । भौगोलिक अवस्था, लगानी लगायत हिसाबले आर्कषक योजना छ,’ नेम्वाङले भने, ‘नेपाल विद्युत् प्राधिकरणले अध्ययनको लागि परामर्शदाता छान्ने प्रयास गरिरहेको छ ।’

प्रदेश–१ को महत्वपूर्ण आयोजनाको रुपमा समेत यसलाई लिइएको छ । तर स्थानीय स्तरमा आयोजना बन्ने हो कि नबन्ने हो भन्ने अन्योल भने कायमै छ । पाँचथरको कुम्मायक गाँउपालिकाको स्याबरुम्बा र तेह्रथुमको छथर गाँउपालिकाको ओर्खे भन्ने ठाँउको बीचमा बाँध बाँधेर आयोजना निर्माण गर्ने लक्ष्य रहेको छ । तर आयोजनाको प्रभावित क्षेत्र भने पाँचथर, तेह्रथुम तथा ताप्लेजुङका गाँउ पर्छन् । यहाँबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका नेताले आयोजना अघि बढाउन दबाब सिर्जना गरेका छन्।

जलाशययुक्त आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले तमोर पावर कम्पनी समेत बनाएको छ । आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनका लागि परामर्शदाता छनोट गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका इन्जिनियर नविन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार परामर्शदाता छनोटका लागि जारी सूचनामा १७ कम्पनीले आवेदन दिएका छन् । उनीहरुको मूल्यांकन गर्ने काम भइरहेको छ । प्राधिकरण आफैंले यो अध्ययन गर्न लागेको हो । अध्ययनपछि विस्तृत विवरण तयार हुनेछ । अध्ययनका लागि एडिबीले लगानी गर्ने चर्चा पनि चलेको छ । निर्माण गरिने भनिएको स्थान आसपास भौगार्भिक अध्ययन भइरहेको छ । केही वर्षदेखि लगातार अध्ययन भइरहेकाले स्थानीय उत्साहित छन् ।

नेपाल विद्युत् प्राधिकरणसँग दुई सय मेगावाट लाइसेन्स भएको उक्त आयोजना अध्ययनको क्रममा दुई सय मिटर उचाइको बाँध बनाउँदा ७ सय ६२ मेगावट उत्पादन हुने देखिएको थियो । अध्ययनको क्रममा यो आयोजना बढी आकर्षक देखिएकोे न्यौपाने बताउँछन् ।

भौगोलिक, प्राविधिक तथा आर्थिक दृष्टिकोणमा आयोजना आर्कषक भएको उनको भनाइ छ । विभिन्न किसिमका अध्ययन, परीक्षणका काम प्रस्तावित स्थानमा भइरहेको उनले जानकारी दिए ।सुरुमा यो आयोजनाको अध्ययन जाइकाले गरेको थियो । विस्तृत अध्ययनपछि धेरै कुराको जानकारी हासिल हुने न्यौपानेले बताए । लगानीको हिसाबले पनि यो सस्तो हुने अनुमान छ ।

सरकारले चीनलाई निर्माणको जिम्मा दिन्छ या आफैं बनाउँछ भन्ने विषयलाई निक्कै चासोका साथ स्थानीय स्तरमा लिइएको पाइन्छ । प्रदेश न. १ कै गहनाको रुपमा यो आयोजनालाई प्राथमिकतमा राखेर अघि बढाउनुपर्ने कुम्मायक गाँउपालिकाका प्रमुख जय चेम्जोङ बताउँछन् । ‘राष्ट्रिय गौरवको आयोजना भएकाले स्थानीय स्तरमा उत्साह छाएको छ । आयोजनामा लगानी गर्न स्थानीय उत्सुक छन । गाँउपालिकाले पनि निर्णय गरेर छिटो प्रक्रिया अघि बढाउन केन्द्रीय सरकारलाई अनुरोध गरेको छ,’ चेम्जोङले भने, ‘महŒवको आयोजना अघि बढाउन स्थानीय स्तरमा सहयोग गर्न तयार छौं।’

यो आयोजनाले तल्लो हेवा, काबेली ए जस्ता जलविद्युत् आयोजना डुब्छन् । तर यी आयोजना सस्तो भएकाले खासै असर नपुग्ने बताइन्छ । कम खेतीयोग्य जमिन भएको तथा एक सय २६ घर डुब्ने देखिएकोले अन्यत्रको भन्दा यो आयोजना सहज हुने बताइएको छ ।

आयोजनाका लागि सहज प्रवेशमार्ग, छाटो प्रसारण लाइन, न्यून वातावरणीय प्रभाव पर्ने भएकाले बढी आकर्षक मानिन्छ । कोसी करिडोरको सडक पहुँच मार्गको रुपमा उपभोग गर्न सकिन्छ । पूर्वी भेगमा हाल ठूलो जलविद्युत् आयोजना नभएका कारण सन्तुलित क्षेत्रीय विकासमा टेवा पुग्ने बताइन्छ । अरुको तुलनामा यो आयोजना सस्तो बन्ने हालसम्मका विभिन्न अधययनले देखिएका छन् ।

जलाशययुक्त आयोजनाले बन्ने तलाउ पर्यटन प्रवद्र्धनमा समेत सहयोगि हुने अपेक्षा छ । आयोजना बन्ने आसमा स्थानीय उत्साहित बनेको कुम्मायकका खेम निरौलाले बताए । अध्ययन गर्न आउने टोलीलाई सहयोग समेत गरिरहेको उनले सुनाए । आयोजनाको कामलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको चाहना रहेको निरौला बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here