राष्ट्रिय परिचयपत्रको तयारी

0
56

सरकारले आर्थिक वर्ष २०६६/०६७ को नीति तथा कार्यक्रममार्फत राष्ट्रिय परिचयपत्र वितरणको अवधारणा ल्याएको थियो ।

पाँचथरका १ लाख १० हजार नागरिक र सिंहदरबारमा कार्यरत ७ हजार कर्मचारी गरी १ लाख ७ हजारलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्ने निर्णय गरेअनुसार काम थालिएको केन्द्रका निर्देशक शिवराज जोशीले बताए ।

निर्देशक जोशी नेतृत्वको टोलीले मंगलबार सदरमुकाम फिदिमस्थित जिल्ला प्रशासान कार्यालयमा खडा गरेको स्थायी मुकाम फिदिम ४ की १ सय ३ वर्षीया भगवतीदेवि भण्डारीको विवरण लिँदै संकलन कार्यको उद्घाटन गर्ने कार्य तालिका सार्वजनिक गरेको छ । भण्डारी जिल्लाकै ज्येष्ठ नागरिक हुन् ।

जोशीका अनुसार विवरण संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा स्थायी विवरण संकलन केन्द्र रहनेछ भने ४ वटा टोलीमा विभाजन हुने कर्मचारी घुम्ती शिविर सञ्चालन गर्दै गाउँगाउँ पठाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here