६ तलासम्मको उचाइमा भवन निर्माण इजाजत प्रदान गर्ने तयारी

0
34

काठमाडौँ, असार ४ गते । काठमाडौँ महानगरपालिकाले व्यापारिक उपक्षेत्र तोकेको ठाउँमा सडक किनारमा ६ तलासम्मको उचाइमा भवन निर्माण इजाजत प्रदान गर्ने तयारी गरेको छ । यसैका लागि साउन १ गतेदेखि नयाँ भवन निर्माण मापदण्ड लागूको तयारीमा महानगरपालिका छ । महानगरपालिकाले महानगरका सडक किनारका भवनको उचाइमा एकरुपता ल्याउन यो नयाँ मापदण्ड तयार हुन लागेको हो ।
महानगरपालिकाका निर्देशक नवराज ढकालका अनुसार महानगरपालिकाले अव एक पटकका लागि स्वीकृत नक्सा भन्दा बढी तला थप भएका तर यसरी थप भएको तला पनि मापदण्डभित्र नै पर्ने देखिएमा एकपटकका लागि यस्ता भवनको नक्सा नियमन समेत गर्ने  छ ।
अब हुने नयाँ मापदण्ड कस्तो बनाउने भन्ने विषयमा महानगरपालिका भवन निर्माण इजाजत विभाग अन्तर्गत विभिन्न समितिले खाका तयार गरिरहेको निर्देशक ढकाल बताउनुहुन्छ । काठमाडौँ महानगरपालिका भित्र बनेका भवन घरहरू मध्ये ६० प्रतिशत मापदण्ड विपरीत रहेको अनुमान महानगरपालिकाको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here