म्याराडोना झन्डै फेन्ट

0
46

अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले बुधबार स्वस्थ रहेको बताएका छन्। मंगलबार नाइजेरियाविरुद्धको खेलमा जितको खुसीयाली मनाउने क्रममा अकस्मात् बिरामी भएका थिए । तर उनी पछि तातो पानीमा भेटिएका थिए।

‘म सबैलाई स्वस्थ रहेको जानकारी गराउन चाहन्छु । म अस्पताल भर्ना भएको छैन,’ ५७ वर्षे म्याराडोनाले एक सामाजिक सन्जालमा यस्तो उल्लेख गरेका छन्।

मंगलबारको खेलपछि उठेर खुसी मनाउने क्रममा धेरै उत्साहित हुँदा घाँटीको बिरामी देखिएका थिए । उनलाई डाक्टरले फेन्ट हुन सक्ने भन्दै आराम गर्न सुझाव दिएका थिए । ‘मेरा लागि फुटबल नै सबै थोक हो, म किन खेल छाड्ने’, उनले भने, ‘सबैलाई मेरा तर्फबाट धन्यवाद दिन चाहन्छु।’

अर्जेन्टिनालाई अग्रता दिलाएका मेसीको गोलमा खुसीयाली मनाउँदा म्याराडोनाले उफ्रिँदै अस्वाभाविक हाउभाउ देखाएका थिए।

मंगलबार अर्जेन्टिना नाइजेरियाविरुद्ध गर यर मरको अवस्थामा मैदान उत्रिँदा कप्तान लियोनल मेसी र मार्कोस रोहोको गोलको मद्दतमा अर्जेन्टिनाले नकआउट चरणमा स्थान बनाउन सफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here